Section 53
शंकास्पद कारोबारको जानकारी गराउने
बैंक वा वित्तीय संस्थाले खातावाला वा आफूसँग कारोबार गर्ने ग्राहकको पहिचान तथा शंकास्पद कारोबारको जानकारी गराउने सम्बन्धमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानूनमा व्यवस्था भए बमोजिम गर्नु पर्नेछ ।